
विचार सिद्धान्त र त्यसमाथिको निष्ठाले चरित्र निर्धारण हुन्छ । विज्ञान विनाको प्रविधि भनेको हाम्रो परम्परागत प्रचलन जस्तो हुन्छ, परम्परालाई निरन्तरता दिन विभिन्न कथाहरु रचिए तर त्यसको मूल कुरा थाहा नै दिइएन ।
बेलुका जुठाभाडा सरसफाई नगरी राखेमा अनिष्ठ हुन्छ भनियो, त्यसको मूल कारण बताइएन वा थाहा नै थिएन । साँझपख केटाकेटीलाई बगैचा, करेसावारी, खोला खोल्सामा लैजानु हुदैन भनियो र त्यस्तै चलन बस्यो तर त्यसको कारण बताइएन तथा थाहा थिएन । तागाधारीहरुले जनै नलगाई खाना खान नहुने चलन छ, कसैले जनै नलगाई खाना खाएमा अशुभ मानियो तर कोही मानिसले जर्न नलागाए पनि केही भएन ।
आजभोली के का लागि मानिसहरुले जनै भिरेर हिडेका हुन ? आइमाई मानिसले चुरा, पोते, टिका, सिन्दुर, गहना लगाउनै पर्ने प्रचलन चलाइयो तर कुनै प्रोफेसर, चिकित्सक, इञ्जिनियर, मेनेजर, नेतृ आदि पदमा आसिन केही महिलाहरु यस्तो केही लगाउदैनन् । केही महिलाहरु त अरुभन्दा धनि देखिन अनावश्यक गहना र श्रृङगार पटार गर्छन ।
विश्व विद्यालयतहसम्म नपुगेका र धेरैजसो शिक्षित नै नरहेका महिलाहरुमा आपूm के के हो भन्ने प्रदर्शन गर्न चाहने मानसिकताले यसमा भूमिका खेलेको हुनसक्ने अनुमान गर्न सकिन्छ । त्यसो त नेतृत्वतहमा, ठूलो जिम्मेवारीमा पुगेका महिलाहरु यसबाट मुक्त रहेको भन्ने अवस्था देखिदैन । लोग्ने मानिसको कुरा पनि चाखलाग्दो नै छ ।
सुनको सिक्रि, ब्रासलेट, महगा जुक्ता कपडा लगाउँनुलाई ब्यक्तित्व ठान्ने मानसिकता उच्च पदमा आसिनदेखि स्कूलसम्मको शिक्षा पार गर्न नसकेकाहरुमा पनि देखिन्छ । बरु विश्विद्यालयमा पढाउने केही ब्यक्तिहरु जो वास्तवमा नै प्राज्ञ हुन उनीहरु हेर्दा सामान्य अवस्थामा भेटिन्छन । ज्ञान, ब्यक्तित्व, पद, जिम्मेवारी, अधिकार उच्च रहेका मानिसले सामान्य हुनु र अरु मानिसहरुलाई अघि बढ्न प्रोत्साहन गर्नु पर्ने हो तर हाम्रो चलन त उल्टो छ ।
बसमा यात्रा गर्नु पर्ने भो भने बुढाबुढी, महिला, केटाकेटीलाई अगाडि राखेर समुहको जिम्मेवार मानिस पछाडी बस्दा उसको मान सम्मान र इज्जत नरहने मानसिकता भएका मानिसहरु जनप्रतिनिधि रहेको अवस्था भयो भने त्यो कस्तो समाज हो । सबैलाई यस्तो भन्न सकिदैन तर केही मानिसहरु आप्mना दुःखी गरिब मतदाताबाट पूmलमाला र सम्मानको भोका रहेका सबैलाई थाहा नै छ । प्रशासकहरुका धाक रवाफ अर्कै छ ।
उद्यमी, व्यापारी, ठेकेदारी, चन्दा सङ्कलक, पार्टीका लोकल र त्यसभन्दा माथिका नेता आदि समाजका सक्रिय मानिस हुन । यो सक्रिय मानिसको वर्ग अवसरवादी छ, आम रुपमा जिम्मेवार र इमान्दार हुनुपर्ने हो त्यस्तो हुन के ले रोकेको हो थाहा छैन । पुराना प्रचलनहरु हराएर जादैछन नयाँ कुराको विकास गर्नुपर्छ भन्ने हेक्का र हैसियत गुमाइसकेका मानिसको हातमा समाजिक सत्ताको दुरुपयोग भएको अवस्था छ ।
सामाजिक सत्ताको दरुपयोग हुदै गर्दा पैसाका लागि मानिसले अनियन्त्रित रुपमा प्राकृतिक स्रोतको दोहन गर्ने क्रमले तिब्रता पाएसँगै कुनै दिन बाढी पहिरो र मौमसमा आउँने असन्तुलनले मानिसले पाउँने सास्ती अहिलै कल्पना गर्न सकिने भएको छ । यो क्रम भने केन्द्रिय सत्तासँग जोडिएको छ । पैसाका लागि सत्ताले समाज, मानिस र भविष्य प्रतिको आफ्नो जिम्मेवारीलाई आँखा चिम्लेर गैर जिम्मेवार बनिदिँदा मानव विरोधी तथा वातावरण विरोधी स्वार्थी अर्थशास्त्रको