धादिङबाट सी डिभिजन लिगको छनोटका लागि आज खेलाडी छानिदै

Avatar photo
नारायण सिलवाल
बिहिबार, साउन २१, २०७८

धादिङ साउन २१ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनोट प्रतियोगिता भाद्र १ गते देखि गर्ने जनाए सँगै धादिङबाट उक्त प्रतियोगितामा सहभागि हुने खेलाडीको छनोट आज हुने भएको छ ।

देशभरका नयाँ सबै क्लवहरु भाग लिन पाउने सी डिभिजन लिग फुटबल छनोट प्रतियोगिताका लागि धादिङबाट एक एउटा मात्रै क्लव बैरेनी युवा समूह गल्छीले सहभागिता जनाउने तयारी गरेको छ । धादिङका अन्य क्लवहरुले उक्त प्रतियोगितामा सहभागिता जनाउने तयारी नगरे पछि जिल्ला भरका सी डिभिजन नखेलेका खेलाडीहरु बैरेनी युवा समूह तर्फ आकर्षित भएका छन् ।

१०० जना भन्दा बढी खेलाडीहरुले हाम्रो बैरेनी युवा समूहबाट खेल्ने इच्छा देखाउनु भयो जम्मा २३ जना खेलाडी चाहिने हुँदा हामीले तीन चरणमा खेल प्रदर्शनको आधारमा छनोट गर्दै छौं खेल प्रशिक्षक जितेन्द्र श्रेष्ठले धादिङपोष्टलाई बताए ।

श्रेष्ठका अनुसार पहिलो चरण र दोस्रो चरणको छनोटबाट ३३ जना खेलाडी छनोट भएका छन् आज अन्तिम फाईनल छनोट खेल आज ४ बजे केउरेनी खेल मैदानमा हुने र उक्त छनोटबाट २३ जना खेलाडी छनोट हुने छन् ।

बैरेनी युवा समूहका अध्यक्ष संजय श्रेष्ठका अनुसार खेलाडी छनोटका लागि खेल प्रशिक्षकहरु जितेन्द्र जितेन्द्र, सन्दिप घिमिरे र सुमन महर्जनलाई जिम्मा दिईएको छ आज फाईनल छनोट भए सँगै छानिएका खेलाडीहरुलाई भोलिबाटै क्लोज क्याम्पमा राखिनेछ ।

धादिङ जिल्लाको शान, फुटबल हाम्रो पहिचान भन्ने लक्ष्यका साथ धादिङ जिल्लाबाट बैरेनी युवा समूह सी डिभिजन लिगको छनौटका लागि हामी जाँदै छौं । उक्त प्रतियोगिताको लागि कम्तिमा पनि ४-५ लाख खर्च हुन्छ । आर्थिक व्यवस्थापन समस्या रहेको बताउँदै अध्यक्ष श्रेष्ठले सहयोगको लागि आव्हान समेत गरेका छन् ।

साउन २४ गते भित्र एन्फाले तोके बमोजिकको सर्त पुरा गरि छनौट प्रतियोगितामा सहभागि हुन सी डिभिजन नपुगेको इच्छुक क्लवले टिम दर्ता गराउनु पर्ने प्रवाधान अनुरुप अहिले सम्म धादिङबाट गल्छीको बैरेनी युवा समूह जितको लक्ष्य सहित जुटेको छ ।

सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनोट प्रतियोगितामा सहभागिहरु बीच भएको प्रतियोगिताबाट छानीएका ३ टिम मात्रै सहिद स्मारक सि डिभिजन लिगमा पुग्ने एन्फा धादिङका महासचिव रामहरि थापाले बताउनु भयो ।

जिल्लाका अन्य नाम चलेका क्लवहरुले अहिले सम्म तयारी गरेका छैनन् । टिम दर्ता ३० हजार लाग्ने, खेलाडीको भत्ता, ड्रेस, वीमा, पीसीआर परिक्षण लगायतका कम्तिमा पनि ४–५ लाख सम्म क्लवले खर्च गर्नु पर्ने अवस्था भएकोले अन्य क्लवहरुले यस प्रतियोगितामा सहभागि हुन इच्छा नदेखाएका हुन सक्ने बताईन्छ ।

धादिङको खेलकुद विकासमा स्थानीय सरकारहरुले जति सुकै खेल प्रेमी कुरा गरेपनि दवाव रहित रुपमा खेलकुदमा बजेट व्यवस्थापन गरेको देखिँदैन यो दुखद पक्ष हो । यस छनौट प्रतियोगितामा आर्थिक व्यवस्थापनमा क्लवहरु कमजोर देखिए स्थानीय सरकारले सहयोग गरेर भएपनि खेलाडीहरुलाई आफ्नो खेल क्षेमता देखाउने अवसरबाट बन्चित गर्न नहुने थियो ।

आर्थिक संकटको बीचमा गल्छीको बैरेनी युवा समूह जुन उत्साह पूर्वक सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनौट प्रतियोगिताका लागि जाँदैछ त्यसका लागि धादिङका सबै स्थानीय तहहरुले आर्थिक रुपमा सहयोग गर्दै खेलाडीहरुको मनोबल उच्च राख्ने तर्फ सोच्न ढिला गर्नु हुँदैन ।

यी ३३ जना खेलाडीबाट आज २३ जना छान्दै छ बैरेनी युवा समूह धादिङले
BACK LINE
1.Songdil Shrestha
2.Anzit Sunar
3.Sailendra Tamang
4.Bisham Adhakari
5.Rahul Giri
6.Ronish Acharya
7.Sanjay Manjhi
8.Bishal B. K
9.Bijay Lama
10.Nabin Tamang

MID LINE
1.Laning Tamang
2.Raju Singh
3.Paresh Gautam
4.Ram Krishna Magar
5.Nishal Bhandari
6.Anil Bhandari
7.Sandip Thapa
8.Aashish Magar

FRONT LINE
1.Arjun Gurung
2.Birendra Tamang
3.Roshan Magar
4.Rohan Thapa Magar
5.Amit Tamang
6.Krishna Uporkoti
7.Janip Pariyar
8.Sarju Gurung
9.Pradip Tamang
10.Ramesh Tamang
11.Ranjit Nepal

GOALKEEPER
1.Bijay Lama
2.Bissu Shrestha
3.Ranjan Bisunkhe
4.Binaya Rai