
धादिङ साउन २० । सिद्धलेक गाउँपालिका ७ पिपलटारका ११ वर्षिय राजकुमार कंडेल त्रिशुलीमा वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङले दिएका जानकारी अनुसार बुधबार दिउँसो पौंडी खेल्ने क्रममा ति वालक वेपत्ता भएका हुन् ।
खोजीकार्य जारी छ, त्रिशुली नदीमा पानीको वहाव ठूलो र धमिलो भएकोले खोजी कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।
फाईल तस्वीर