
जापान साउन १५ । गैर आवसीय नेपाली संघ (एनआरएनए) जापानको आज सम्पन्न निर्वाचनमा धादिङ घरभई जापान बस्दै आएका ५ जना उम्मदवार मध्य दुई जना विजयी भएका छन् भने ३ जना पराजित भएका छन् ।
उपाध्यक्षका उम्मेदवार धादिङ गंगाजमुना गाउँपालिकाका राजकुमार अधिकारी र सचिवमा नीलकण्ठ नगरपालिकाका श्याम सितल विजयी भएका छन् भने अध्यक्षका उम्मेदवार आदमघाटका किरण बर्मा, कोषध्यक्षका उम्मेदवार नेत्रावती डवजोङका कृष्ण खनाल र आईसीसी सदस्याका उम्मेदवार थाँक्रे गाउँपालिकाका रामहरी पुडासैनी पराजित भएका छन् ।
उपाध्यक्षमा अधिकारीले २ हजार ६५२ मत जियी भएका हुन् भने श्याम सितल मतदान हुनु अगावै निर्विरोध भैसकेका हुन् । पराजित हुनेमा अध्यक्षका उम्मेदवार वर्माले १ हजार २२८ मत, कोषाध्यक्षका उम्मेदवार १ हजार ९१५ र आईसीसी सदस्यमा पुडासैनीले २ हजार ६७९ मल ल्याइएका थिए ।
निर्वाचन आयोगका अनुसार कुल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कुल ७ हजार ७ सय ६७ मत खसेको थियो ।
यस अघिको समाचारमा त्रुटी हुन गएकोमा सच्याईएको छ ।