नीलकण्ठमा सुत्केरी गाई भैंसीलाई भत्ता वितरण

Avatar photo
Dhadingpost
बुधबार, असार २३, २०७८

धादिङ असार २३ । नीलकण्ठ नगरपालिकाले स्वीकृत कार्यक्रम अनुसार सुत्केरी गाई भैंसीलाई भत्ता वितरण गरेको छ ।

नगरपालिकाले प्रत्येक वडा सूचना जारी गर्दै सुत्केरी गाई भैंसी भएका किसानलाई भत्ता दवी गर्न आव्हान गरेको थियो उक्त सूचना अनुसार २३ जना किसानलाई २ हजार ५०० का दरले भत्ता वितरण गरिएको सुवास खतिवडाले जानकारी दिनु भयो ।

यस अघि नगरपालिककाले किसानलाई १२२ टाट्नो, ५९ चाफ कटर, घाँसको बिरुवा वितरण गरेको थियो ।