
उब्जाइछेउ मुरि पाथी, बसेरै खाछे आमा,
मेलामा होलान सङै साथी, बसेरै खाछे आमा ।
राती दिन उकाली ओरालिमा ब्यस्तिन्छौ सायद,
तिम्री छोरी त मेच माथी बसेरै खाछे आमा ।
मकैका भारी ओसारी हौली ढोडका ठुला बिटा,
मै शहर पसे सोची नानाभाति बसेरै खाछे आमा ।
हिलाले खुट्टा कोट्टाए होलान चुक छर्न थालेउ कि,
पठायौ मलाइ हुन्छ सोची जाती बसेरै खाछे आमा ।
सजना श्रेष्ठ