
जापान असार १५ । धादिङको धुनीबेसी नगरपालिकालाई टोकियो सिन्तोसिन रोटरी क्लब जापानले एम्बुलेन्स दिने भएको छ ।
“मातृभूमिका लागि COVID – 19 संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान ” का संयोजक भवन भट्टले उक्त रोटरी क्लबबाट एम्बुलेन्स खरीदका लागि प्राप्त १० लाख धादिङ समाज जापानका अध्यक्ष दिनेश लोहनीलाई प्रदान गर्नुभएको जापानबाट रामकुमार थापाले धादिङपोष्टलाई बताउनु भयो ।
“मातृभूमिका लागि COVID – 19 संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान ” ले यो सँगै नेपालका लागि ५३ लाख ६७ हजार २ सय ११ येन संकलन गरी स्वास्थ्य उपकरण सहितका सामाग्री नोपाल पठाएको छ । जसमा PediatricICU को निर्माण बिरगंजको नारायणी अस्पतालमा गर्नको लागि आवस्यक समन्वयको जिम्मा एनआरएनए जापानका केन्द्रिय सदस्य सुरेश गिरीलाई दिईएको छ ।
७ हजार थान Y – commector सबै जिल्ला अस्पताललाई वितरण गरीनेछ । नेपालमा अक्सिजन सिलिन्डरको कमी भएको अवस्थामा उक्त Commecter ले एउटै सिलिन्डर बाट २ ओटा बिरामीलाई अ क्सिजन दिन सकिनेछ र ७ हजार Y – Connector ले ७ हजार थान सिलिन्डर बराबरको काम गर्नेछ । साथै बाँकी रकम एनआरएनए एशीया प्यासिफिकको अक्सिजन प्लान्टमा सहयोग गर्ने समितिले निर्णय गरेको छ ।