असार

Avatar photo
Dhadingpost
सोमवार, असार १४, २०७८

दु:ख त्याे झेली हिलाेमा खेली बितेछ असार
मनका धनी किसान बनी यसैमा छ सार
धरतीभरि असारे झरी म त्यसै रुझाैंला
दु:खकाे भारी खेत र वारि घुमेर बुझाैंला ।१।

हली दाइ घुमे दाैडाइ गाेरु दबदबे हिलाे छ
खेताला छैनन् गाउँमा धेरै काम याे ढिलाे छ
असारे गीत गुञ्जियाे हेर सुरिलाे भाकामा
बाढी र पैह्राे आउला जस्ताे यी मेरा आँखामा ।२।

ओढेर घुम छुपु र छुपु राेपेर बढ्नु छ
काेराेनासँग सधैंका लागि हाँसेर लड्नु छ
खहरे उर्ल्याे भेल र बाढी पसेछ टारीमा
जसरी पनि खेत त राेप्छाैं बाँझै छ बारीमा ।३।

नवराज न्याैपाने ‘माैन’ , तनहुँ