पोखरामा हराएका १२ वर्षिय कुशल २ दिन पछि धादिङमा भेटिए

Avatar photo
Dhadingpost
आइतवार, असार १३, २०७८

धादिङ असार १३ । पोखरामा सानी आमा सँग बसेर कक्षा ८ मा पढ्दै गरेका कुशल छत्कुली हराएको दुई दिन पछि आज धादिङमा भेटिएका छन् ।

शुक्रबार बिहानै फेवाताल तिर घुम्न जान्छु भनेर निस्कएका कुशल नफर्किए पछि पोखराको प्रहरी, धादिङ पोखरा सम्पर्क मञ्चका सबै साथीहरुलाई कुशल हराएको जानकारी गराएँ, पोखराको स्थानीय एफएमहरुमा सूचना पनि बजाए र आफुचाहि हिडेरै घर धादिङ गयोकी भनेर हिडेर सोध खोज गर्दै २७ किलो मिटर सम्म पुगे तर पत्ता नलागे पछि फर्किएको थिएँ कुशलका सानो बुबा प्रेम लामिछानेले धादिङपेष्टलाई बताए ।

लामिछाने भन्छन्, शनिबार दिनभर पोखरामा खोजविन गरियो आज चाहि बाईकमा धादिङ आउने तयारीमा थियौं । बिहान मुरलीभञ्ज्याङमा कुशल भेटिएको जानकारी आयो अनि उसको घर चैनपुर भएकोले परिवारलाई खवर गरियो । अहिले उ घरमा पुगि सक्यो । कसरी धादिङ आईपुगेको भन्ने विषयमा चाहि हिडाईले होला सामान्य टाउको दुखेको छ भनेर कुशल सुतेकोले थप जानकारी लिन नपाएको लामिछानेले बताउनु भयो ।