
रातको चकमन्न सन्नाटा पार गर्दै
जब म बिहानीको सुर्यको किरण सँगै
बाहिर निक्लन्छु
चियाको चुस्की लिदै गर्दा
न सजिएको हिमाल देख्छु
न त फूलमा पुलकित भईरहेका
पुतलीहरुको रौनकता नै भट्दिन
न मानविय स्वस्थ्यताको महसुस नै भेट्छु !!
सुने हिउँ त पग्लिसक्यो रे
अनि पुतलीले आफ्ना पखेटाहरु लत्राईसके रे
मानविय स्वस्थ्यतालाई प्रदुषणले जितिसक्यो रे
न खोलामा झरेका झर्नाको सितल आवाज सुन्छु
न त तलिय वातावरणमा पशुपंक्षिको मधुरता सुन्छु
सुने खोला अनि झरना त सुख्खा भैसकेछ
पंक्षिहरुले बसाई सरिसकेछन !!
साँझ पर्दै गर्दा आकाशमा धुमिल धब्बा देख्छु
आधुनिकताको उपज
अतिबृष्टी र अनाबृष्टीको
चरम समस्या निम्तिएको सुन्छु !!
आकाशका जुनताराहरु धेरै रिसाएको देख्छु
खै के भैरहेछ म आफै
जता हेर्छु खडेरिको प्यास भेट्छु !!
मानविय चेतना हराई सकेछ
जता सुन्छु कोलाहल मच्चिरहेछ
हरियाली बन पाखा त विनाश भैसकेछ !!
म आँफै प्रयास गर्दैछु चेतनात्मक संदेश छर्दैछु
मनको एक कुनामा प्रकृतिको दृश्य कोर्दैछु
फेरि उहीँ हरियालि वातावरण
फिर्ता ल्याउने जमर्को गर्दैछु !!
हो मैले प्रयास गरे
परिवर्तनको आवाज बुलन्द गरे
जसको उपज आज फेरि
आसाको दियो जलेको आभास भैरहेछ
हिमालमा हेर्छु टलक्क हिउका चमक थुप्रिएछ !!
फूलका बोटहरुमा कोपिलाको आँकुरा देखिरहेछ
झरनाहरु छङछङ गरिरहेछ
पशुपंक्षिहरु तलैया आसपासमा रमिरहेछ !!
आकाशमा मनोरमता जमिरहेछ
अतिबृष्टी र अनाबृष्टीको समस्या हटिरहेछ
मानिसहरु पहिला जस्तै स्वास्थ बनिरहेछ !!
वातावरणमा पहिला जस्तै चमकदार
स्वच्छता आईरहेछ
मगमग बास्नादार सुगन्धले वरपर सबै पक्ष मुग्ध बनिरहेछ !!
त्यसैले म आज गर्वका साथ भनिरहेछु
प्राकृति प्रेम संगै सुन्दर नेपालको निर्माण भैरहेछ !!
सबिन केसि, धादिङ