मासटारको नेपाल किराना स्टोर बेल्खुलाई २० हजार जरिवाना

Avatar photo
Dhadingpost
बिहिबार, असार १०, २०७८

धादिङ असार १० । धादिङको गल्छी गाउँपालिका मासटार स्थित नेपाल किराना स्टोर बेल्खुलाई बजार अनुगमन टोलीले २० हजार जरिवाना गराएको छ ।

म्याद गुज्रिएका सामान बिक्री गरेको, मूल्यसूची नराखेको, अनुमति नभएका सामान बिक्री गरेको पाईएकोले २० हजार नगद जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रशासन र घरेलु कार्यालय धादिङबाट गएको बजार अनुगमन टोलीले आज गल्छीमा १ दर्जन भन्दा बढी पसलहरुमा अनुगमन गरेको थियो ।