नीलकण्ठ नगरपालिकाद्वारा टाट्नो र घाँस काट्ने मेशिन वितरण

Avatar photo
Dhadingpost
बिहिबार, असार १०, २०७८

धादिङ असार १० । नीकन्ठ नगरपालिका धादिङको पशुपन्क्षी विकास शाखाले आ. व. ०७७/ ७८ को स्वीकृत कार्यक्रम अनुसार किसानलाई टाट्नो र घाँस काट्ने मेशिन वितरण गरेको छ ।

ब्यवसायिक कृषक, उध्यमी, समूह, सहकारी, समितिहरुको लागी ७५% अनुदानमा आधुनिक टाट्नो १२० वटा र ५०% अनुदानमा घाँस काट्ने मेशिन ५९ वटा बितरण गरेको पशुपन्क्षी विकास शाखा सुवास खतिवडा धादिङपोष्टलाई जानकारी दिनु भयो ।

नीलकण्ठ नगरपालिकाले गाई भैंसीको लागि सुत्केरी भत्ता, मासुपसल सुधार कार्यक्रम अन्तर्गत डिप फ्रीज ५०% अनुदान, मत्स्य पोखरी निर्माणको लागि ४०% अनुदान जस्ता लोकप्रिय कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यस नगरपालिकाले आगामी आर्थिक वर्ष देखि हरेक वडामा मासिक १ दिन भेटेरिनरी क्लिनिक सेवा दिने, पशुपन्क्षी विमालाई निरन्तरता, दलितलक्षित वर्ग तथा अन्य एकल महिलाहरुको लागि समेत समेटिने गरि कार्यक्रमहरु समेत संचालन गर्ने, उत्कृष्ट उध्यमी व्यवसायीहरुको लागि लक्षित कार्यक्रमहरु र २४ सै घन्टा किसानहरुको समस्यामा सहजीकरण गर्ने योजना बनाएको खतिवडाले बताउनु भयो ।