त्रिशुली र बुढीगण्डकीमा एकै दिन ४ जना वेपत्ता

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २६, २०७८

रामचन्द्र थापा
धादिङ जेष्ठ २६ ।
धादिङको त्रिशुली नदी गजुरी खण्डमा १ जना र बुढीगण्डकी ज्वालामुखी खण्डमा ३ जना गरी ४ जना मंगलबार एकैदिन वेपत्ता भएका छन् ।

त्रिशुली नदी गजुरी खण्डमा ब्यारेक पछाडी सवा ४ बजे माछामार्न गएका १ जना र बुढी गण्डकी ज्वालामुखी खण्ड जोगिटार पशुपति थानमा नुहाउन गएका ३ जना पौने ४ बजे वेपत्ता भएका हुन् ।

सिद्धलेक ६ बस्ने २८ वर्षिय राम ब बिसंखे त्रिशुली नदीमा जाल हान्ने क्रममा बेपत्ता भएका हुन् । नेपाली सेना प्रहरीले राती सम्म खोजतलास गरेका थिए तर फेला नपरेको प्रहरीले जनाएको छ ।

यस्तै बुढी गण्डकीमा वेपत्ता भएका ज्वालामुखि २ का २२ वर्षिय सुबास नेपाली २० वर्षिय दिनेश नेपाली र १८ वर्षिय सन्तोष नेपाली पनि फेला परेका छैनन् ।

यी सबैको मंगलबार अवेर सम्म खोजी कार्य हुँदा समेत फेला नपरेपछि पुन: आज बिहानैबाट स्थानीयहरुको समेत सक्रियतामा खोजविन सुरुभएको प्रहरीले जनाएको छ ।