
धादिङ जेष्ठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गर्नुभएको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको बताईएको छ ।
वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो ।
धादिङको नीलकण्ठ नगरपालिकाले सबै भन्दा धेरै ६३ करोड १ लाख पाएको छ भने सबै भन्दा कम रुबीभ्याली गाउँपालिकाले १६ करोड ४९ लाख रुपैया पाएका छन् ।
धादिङका कुल स्थानीय तहले कति पाए ?
