धादिङमा आँखुले बगाउँदा श्रीमान/श्रीमती दुबैको मृत्यु

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ८, २०७८

धादिङ जेष्ठ ८ । धादिङमा आँखुखोलाले बगाउदा २ जनाको मृत्यु भएको छ । नेत्रावती डबजोङ गाउँपालिका र गंगाजमुना गाउँपालिकाको सिमानामा रहेको आँखु खोलाले बगाउदा एकै परिवारका २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विहान साढे ७ बजेको समयमा आँखु खोला तर्ने क्रममा श्रीमान् ६२ वर्षिय लुर बहादुर गुरुङ र श्रीमती ६० वर्षिया असारी माया गुरुङलाई खोलाले बगाएको अवस्थामा २ सय मिटर तल पाखामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताउनु भयो ।