धादिङ जेष्ठ ८ । गरखामा दर्बुङ घर भई बेलायतमा बस्दै आएका वरिष्ठ कन्सल्ट्यान्ट सर्जन डा कमल अर्यालले धादिङ अस्पतलालाई २ वटा ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर (Oxygen Concentrator) सहयोग प्रदान गर्नु भएको छ ।
अन्तराष्ट्रिय धादिङ समाजका राजन खकुरालको पहलमा अर्यालले उक्त सहयोग धादिङ अस्पताललाई गर्नु भएको हो ।
उहाँले सहयोग स्वरुप पठाउनु भएको कन्सन्ट्रेटर (Oxygen Concentrator) अस्पतालमा आईपुगेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।
तस्वीर स्रोतः धादिङ अस्पताल