कोरोनाको बीचमा भुईचालो

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ५, २०७८

अहिले विश्वमै कोरोनाको महामारी चलिरहेको छ । यो रोग चीनको हुवान भन्ने ठाउँबाट फैलिएको हो । कोरोनाको महामारीको कारण नेपालमा पनि लकडाउन भैरहेको छ । हामी सबै घरभित्र बसि रहेका छौं । हामी आफ्नो परिवार सँग समय बिताई रहेका छौं ।

आज २०७८ जेष्ठ ५ गते म मस्तले निदाई रहेकी थिएँ । खाट हल्लिन थाल्यो र मानिसहरु पनि बाहिर कराउन थाले । म र मेरी दिदी झसङ्ग ब्यूझियौ । मज्जाले हल्लेपछि मैले थाँ पाएँ भुकम्पको आएको रैछ ।

म निकै डराएँ र आमालाई बोलाएँ । मैले झ्याल बाहिर हेरें र देखें धेरै मान्छेहरु बाहिर निक्लेका रहेछन् । भुकम्प आउन छोड्यो । म माथि तिर लागें र बाबाको मोबाईल हेरें। म एकछिन त झसङ्गै भएँ । अभि नै आएको भुईचालो त ५.८ रेक्टरको पो रहेछ । यो भुँईचालोको केन्द्रबिन्दु लमजुङ रहेछ । मैले यो कुरा घरको सबै जनालाई सुनाएँ । फेरि साढें ८ बजेतिर भुकम्प अर्को झड्का आयो ।

अब त म पनि अल्लमल्ल भईसकें किन भने कोरोनाले घर भित्र नै बस भन्छ, भुकम्पले बाहिर जा भन्छ । म के गरुँ ?

उपहार लम्साल
कक्षा ६
चिल्ड्रेनपार्क आवासीय मावि धादिङ