पृथ्वी बन्यो कोरोनाको घर

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ४, २०७८

पृथ्वी त मानिसको सुन्दर घर थियो
अहिले त पृथ्वी नै अर्कैको भईदियो,
पृथ्वीमा कोरोनाले घरबार बनायो
जताततै हाहकार आतङ्ग छायो ।

मानिसहरु मरे कोरोनाले गर्दा
अस्पतालकाखाटमा थला पर्दा,
गाह्रो भयो मानिसलाई बिरामी यो सर्दा
पिँजडा झै घरमा थुनिएर बस्दा ।

कुन दिन होला हाँस्दै रमाईलो गर्न पाउने
नाच्दै गाउँदै बाहिर घुम्न जान पाउने,
थुनिएको पिँजडाबाट स्वतन्त्र हुन पाउने
कहिले होला हाँसेर जीवन जिउन पाउने ।

मानिसको संख्या भन्दा कोरोनाको संख्या बढी
हाम्रो जीवन कट्ने भयो कोरोनालाई पढी,
पृथ्वी बन्यो कोरोनाको रमाईलो घर
हामी मानिसलाई पर्यो अब डाक्टरकै भर ।

उपासना लम्साल
कक्षाः ६
चिल्ड्रेनपार्क आवासीय मावि धादिङ