लौ न सरकार ! के हुँदैछ यो देशमा ?

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २, २०७८

लौन सरकार !
के हुँदै छ देशमा ?
ए ए.. डाक्टर साब !!
लौ न जाँची दिनुस छिटो !
एक चोटि हेर्देउ न ज्योतिषी बा !
पूजापाठ गर्नु पर्ला कि पुरोहित बा ।
झाक्री कता पाइएला ?
लामाले के भन्लान ?
छट्पटी भयो, औडा भयो ।
फनफनी घुम्यो धर्ती ! रिंगटा लाग्यो
वाकवाकी भइ वान्ता आउला झै भयो ।
शिर मुनि खुट्टा माथि जस्तो लाग्ने रोग आयो ।
बिसे नगर्ची लाई लागे कै रोग लाग्यो ।
उ उता सुन्नुस त शासक के भन्छ
रोजगारी दिन्न दिन्न भन्यो,
मल बीउ छैन छैन भन्यो
औषधि अक्सिजन आफै खोज्नु भन्छ ।
यता जनता चिच्याउछन कराउछन रुन्छन
आपत पर्दा सहयोग गर्ने कोहि भेटिन्न ।
सल्लाह दिने सामाजिक संजाल भरी छन
सडकभरी बिजोक बेवारिसे मानव छन ।
वाह वाह सरकार !
उत्कृष्ट जन प्रेमी राज नेता बनेकै छन
ताली बजाउने एक झुन्ड पोटिला छन ।
यहि हो समाजबाद यहि हो जनबाद !
बधाई दिएका छन नारा लाग्दैछ जिन्दावाद ।
लौ न सरकार !
के हुँदैछ यो देशमा ?