
ओहोदामा बस्ने लम्पसार परिराछ्न्, ब्युतिन्छन् साँझ परेपछि
गाडीबाट अक्सिजन नझर्दै, छट्पटीदै बिरामी मरेपछि ।
आफ्नोमात्र दुनो सोझ्याउने रित, अनि परम्परा कहिले सम्म
गाउँमा छोरो सुतेको छैन, बाबु बोकि एम्बुलेन्स खोलो तरेपछि ।
स्वार्थ मोह तानातान हानाहान कहिले सम्म हो तपाईंहरुको
कठै कसरी बचाउनु हुन्छ, पद जनता सबै सोतर सरि मरेपछि