धादिङमा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २०, २०७८

धादिङ बैशाख २० । धादिङ जिल्लामा सोमबार ११ जना कोरोना भाईरस संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालयले दिएको सूचना अनुसार आज निलकण्ठ नगरपालिकामा १, धुनिबेसी नगरपालिकामा २, गल्छी गाउँँपालिकामा २ र नेत्रावती गाउपालिकमा ६ गरेर ११ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

जिल्ला भित्र अहिले सम्म जम्मा सक्रिय केश २१६ र जिल्ला बाहिर ११० गरेर धादिङ्गको सक्रिय केश ३२६ छ । आज डिस्चार्ज हुनेको संख्या ६ रहेको छ । जिल्ला भित्र होम आइसोलेसनमा बस्ने संख्या १९८, हस्पिटल आइसोलेसनमा १८ रहेको छ । त्यसैगरी जिल्ला बाहिर होम आइसोलेसनमा १०५ र हस्पिटल आइसोलेसनमा ५ जना रहेका छन् ।

आज गल्छी गाउपालिकामा १५ र जिल्ला अस्पतालमा १०० गरि धादिङ्ग जिल्ला भित्र जम्मा ११५ स्वाब संकलन भएको छ ।