
धादिङ बैशाख २० । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारका भक्तबहादुर दराईको कोभिड-१९ को संक्रमणका कारण छिमेकि मुलुक भारतमा मृत्यु भएको छ ।
४८ वर्षिय भक्तबहादुर दराई रोजगारीको शिलशिलामा भारत जयपुरी बस्दै आएका थिए । एक साता अघि कोरोना संक्रमण पुष्टि भए सँगै उपचारत भक्तबहादुर दराईको आज मृत्यू भएको खवर आएको परिवारलाई उदृढ गर्दै रानीपौवा माविका शिक्षक खिलबहादु दराईले धादिङपोष्टलाई बताउनु भयो ।