नीलकण्ठमा ४२ जना र गल्छीमा १ गरी ४३ जनामा थप कोरोना पुष्टि

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १९, २०७८

धादिङ बैशाख १९ । धादिङमा पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार, नीलकण्ठ नगरपालिकामा ४६ स्वाब संकलन गरेको मध्य ४२ जनालाई पोजिटिभ आएको र गल्छीमा १ जना गरि आज जिल्ला भित्र ४३ वटा पोजिटिभ केस देखिएको हो । जिल्ला बाहिरको पोजिटिभको संख्या १४ रहेको छ ।

जिल्ला भित्र अहिले सम्म जम्मा सक्रिय केश २०५ र जिल्ला बाहिर १०६ गरेर धादिङ्गको सक्रिय केश ३११ छ ।

जिल्ला भित्र होम आइसोलेसन मा बस्ने संख्या १८६, धादिङ्ग हस्पिटल आइसोलेसनमा बस्ने १८ र ICU मा १ जना रहेको छ । त्यसैगरि जिल्ला बाहिर होम आइसोलेसनमा बस्नेको संख्या १०१ र हस्पिटल आइसोलेसनमा बस्नेको संख्या ५ रहेको छ ।

त्यसै गरि आज निलकण्ठ नगरपालिकामा ६५ स्वाब संकलन गरिएको र गल्छी गाउपालिकामा २५ वटा antigen परिक्षण गर्दा २५ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।