
धादिङ बैशाख ६ । धादिङको खनीयाबास गाउँपालिका स्तरीय अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियाेगिता जारी छ । खनियाबासबाट लिलाबहादुर तामाङले धादिङपाेष्टलाई दिनुभएकाे जानकारी अनुसार आज सम्मको खेल तालिका अनुसार बच्छला मावि १० स्वर्ण सहित पहिलो स्थानमा, गणेश कुन्ड मावि ६ स्वर्ण सहित दोस्रो र बृचेत मावि ५ स्वर्ण सहित तेस्रो स्थान र सिङ्ला वि १ स्वर्ण सहित चौथो स्थान छन् ।
अझै 4×400 को रिले दौड छात्र छात्रा, 1×100 दाैैड, ट्रिपल जम्प छात्र छात्रा लगायतका खेलहरु खेलाउन बाकी छन् ।