धादिङमा बैशाख ४ गते एमालेको कुनै कार्यक्रम छैन -गोर्खाली

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ३, २०७८

बैशाख ४ गते एमालेको कार्यक्रम छ, घनश्याम भुसाल आउनु हुन्छ, -बुर्लाकोटी

धादिङ बैशाख ३ । नेकपा एमाले धादिङमा नेपाल समुह र ओली समुह बीच तनावको स्थिति पैदा भएको छ । ओली समुहमा अध्यक्ष भुमि त्रिपाठी र सचिवमा अर्जुन गोर्खाली छन् भने देश भर समानान्तर कमिटि बनाउने उद्घोष गरेको नेपाल पक्षले जिल्ला अध्यक्षमा शिवराज कडेललाई जिम्मेवारी दिएको छ ।

अध्यक्षको जिम्मेवारी पाएपछि बैशाख ४ गते धादिङ बेसी स्थित क्रिक रिसोर्टमा कार्यक्रमको आयोजना गरेको छ । त्यो कार्यक्रमबाट अनेमसंघ, युवा संघ, अनेरास्ववियु लगायत जनवर्गिय संगठनहरुको नेतृत्व घोषणा तथा कार्यकर्ता प्रशिक्षण रहेको नेता गुरु बुर्लाकोटीले धादिङपोष्टलाई बताउनु भयो ।

धादिङबेसीमा नेकपा एमालेले कार्यक्रम गर्दै छ सम्बोधन गर्न अरुण नेपाल, घनश्याम भुसाल लगायतका केन्द्रिय नेताहरु आउनु हुन्छ गुरु नेता कृष्ण अर्यालले बताउनु भयो ।

उता नेकपा एमालेका सचिव अर्जुन कुमार गोर्खालीले विज्ञप्ती निकाले र एमालेको कुनै कार्यक्रम नभएको र पार्टीको नीति र हित विपरित हुने कार्यक्रममा सहभागि भए कार्वाही गरिने बताउनु भएको छ ।

विज्ञप्ती जस्ताको तस्तैः