खुशी रहने कला

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ३, २०७८
शशी अर्याल

मानिस स्वभावैले खुशी र सुखी रहन चाहने प्राणी हो । सँधै खुशी रहन त्यति सजिलो भने छैन । के हो त खुशी भनेको ? आउनुहोस् यस बारेमा केही चर्चा गारौं ।

१. बिहान सबेरै उठ्नुहोस्ः यदि हामी बिहान आधा घण्टा मात्रै ढीला उठियो भने हाम्रा अगाडिका दिनभरि गर्नुपर्ने कामको चापले हामीलाई थिच्न थाल्छ । समयमा काम नसकेर हामी तनावमा पर्छौ । बिहान ठिक समयमा उठेर समयमै आफ्नो काम गर्न सक्यौं भने पक्कै पनि हामीलाई सन्तुष्टी मिल्छ । सन्तुष्ट हुन सक्नु भनेको खुशी हो ।

२. सँधैं मुस्कुराउनुहोस्ः मुस्कान भनेको सबैले बुझ्ने साझा भाषा हो । मुस्कानको उत्तर मुस्कानले नै दिन्छ । यो भाषा बुझ्नको लागि लामा लामा ब्याकरणका नियमहरु घोकि रहनु पर्दैन । यो त सित्तैमा पाईने अमुल्य उपहार हो । संधैं मुस्कुराई रहने मानिसलाई सबैले मन पराउँछन् । सबैको आखाँमा बस्न सक्ने हुनुभनेको सफलताको सिंढी चढ्न सक्नु हो । आत्म विश्वासमा वृद्धि गर्न सक्नु हो । आत्म विश्वसी मानिसलाई अरुले पनि विश्वास गर्छन् । अरुको विश्वास जित्न सक्नु नै खुशी रहन सक्ने ठुलो आधार हो ।

३. समयको ख्याल राख्नुहोस्ः हामीले सुत्ने, उठ्ुने देखी हरेक क्रियाकलाप गर्दा समयको ख्याल गर्नुपर्छ । त्यसैगरि कुनै कार्यक्रममा वा कसैलाई भट्न जाँदा पनि निर्धारित समय भन्दा अगाडी नै पुग्नु पर्छ । हामीले अरुको समयलाई महत्व दियौं भने उनीहरुले पनि हाम्रो समयलाई महत्व दिनेछन् । सबै काम समयमै सम्पन्न गर्ने मानिस कहिल्यै पछुताउनु पर्दैन । यस्ता मानिसहरु सँधैं खुशी रहन्छन् ।

४. आफ्नो घर परिवारमा रमाउन सिक्नुहोस्: असन्तुष्ट र दुखी मानिसहरुले गर्ने एउटा साझा गल्ती भनेको उनीहरुले आफ्ना ब्यक्तिगत र पेशागत जीवनलाई मिसाईदिन्छन् । यसो गर्नाले न ब्यक्तिगत जीवन सफल हुन्छ न पेशागत हरेक दिन केही समय घर परिवारको लागि छुट्याउनै पर्छ । यसो गरेमा परिवारमा आईपरेका समस्या बुझ्नुका साथै परिवारका सदस्य बीच सामिप्यता बढ्छ ।

५. अरुको सम्मान गर्न सिक्नुहोस्ः अरुलाई माया गर्ने ब्यक्तिलाई त अरुले मायाँ गर्छन् । त्यसै गरी अरुलाई सम्मान गर्ने ब्यक्तिलाई नै अरुले सम्मान गर्छन् । कुनै मानिसलाई भेट्दा उसको एउटान एउटा कुरामा प्रसंसा गरिदिनु पर्छ। यसो गर्दा उनीहरु खुशी हुन्छन् र हामीलाई पनि खुशी मिल्छ ।