धादिङबाट बागमती प्रदेश स्तरीय प्रतियोगिता खेल्न, खेलाडीलाई विदाई

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ३, २०७८

धादिङ बैशाख ३ । धादिङबाट बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको लागि छनौट भएका विभिन्न तौल समुहका १६ जना खेलाडीलाई विदाई गरिएको छ ।

नेपाल तेक्वान्दो संघले आयोजना गरेको बाग्मती प्रदेश स्तरीय छनौट प्रतियोगिताको लागि जिल्लाबाट छनौट भएका १६ जना खेलाडीलाई विदाई गरिएको नेपाल तेक्वान्दो संघ, धादिङका कार्यवाहक अध्यक्ष प्रदिप गिरीले धादिङपोष्टलाई बताए ।

प्रदेश स्तरीय उक्त प्रतियोगिताबाट पनि छनौंट हुन सके उनीहरु अन्तर प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागि हुन पाउने छन् ।

धादिङबाट छनौंट भएका खेलाडीहरुको टिम कोचका रुपमा कार्यवहाक अध्यक्ष गिरी स्वयम रहेका छन् भने द्वय डेनिड विक र अनिश अधिकारी टिम म्यानेजरको भुमिकामा छन् ।

प्रदेश स्तरीय प्रतियोगिताको लागि नेपाल तेक्वान्दो संघ धादिङले चैत्र दास्रो साता प्रतियोगिताको माध्यमबाट विभिन्न तौल समुहका १६ जना खेलाडी छनौट गरेको थियो ।

धादिङबाट प्रदेशका लागि छनौंट भएका खेलाडीहरु

छात्र तर्फ

  • ४०–४३ के.जी., युयल तामाङ (बालमन्दिर तेक्वान्दो डोजाङ)
  • ४३–४६ के.जी., दिल बहादुर मगर (धादिङ तेक्वान्दो डोजाङ)
  • ४६–५० के.जी., धन बहादुर गुरुङ (धादिङ तेक्वान्दो डोजाङ)
  • ५०–५४ के.जी., सुदिप ठकुरी (धादिङ तेक्वान्दो डोजाङ)
  • ५४–५८ के.जी., हेमन तामाङ (बालमन्दिर तेक्वान्दो डोजाङ)
  • ५८–६३ के.जी., आशिष गुरुङ (धादिङ तेक्वान्दो डोजाङ)
  • ६३–६८ के.जी., सुप्रिम तामाङ (धादिङ तेक्वान्दो डोजाङ)
  • ६८–७४ के.जी., बिकास तामाङ (NDBS तेक्वान्दो डोजाङ)

छात्रातर्फ

  • ३७–४० के.जी., लक्ष्मी गुरुङ (बालमन्दिर तेक्वान्दो डोजाङ)
  • ४०–४३ के.जी., आशिका तामाङ (बालमन्दिर तेक्वान्दो डोजाङ)
  • ४३–४६ के.जी., प्रमिला तामाङ (धादिङ तेक्वान्दो डोजाङ)
  • ४६–४९ के.जी., रेजिना बुढाथोकी (धादिङ तेक्वान्दो डोजाङ)
  • ४९–५३ के.जी., डोल्मा गुरुङ (धादिङ तेक्वान्दो डोजाङ)
  • ५३–५७ के.जी., प्रमिता तामाङ (किबो तेक्वान्दो डोजाङ)
  • ५७–६२ के.जी., अमिशा तामाङ (बालमन्दिर तेक्वान्दो डोजाङ)
  • ६२–६७ के.जी., मुस्कान तामाङ (बालमन्दिर तेक्वान्दो डोजाङ)