मैदी सातदोबाटेमा ७९ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १, २०७८

धादिङ बैशाख १ । धादिङको ज्वालामुखी गाउँपालिका स्थित मैदी सातदोबाटेमा आज १६ जना महिला र ६३ जना पुरुष गरि ७९ जनाले रक्तदान गरेका छन् ।

नयाँ वर्षको अवरसरमा स्वस्तिक वचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल रेडक्रस सोसाईटी मैदी उपशाखा धादिङले आयोजना गरेको रक्तदान कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन् ।
पछिल्लो ८ महिनाको अवधीमा धादिङमा २२८६ पिन्ट रगत सङ्कलन भैसकेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।