नीलकण्ठ नगरपालिका स्तरीय भलिबल प्रतियोगिता भोलीबाट (खेल तालिका समेत)

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र २६, २०७७

धादिङ चैत्र २६ । नीलकण्ठ नगरपालिकाको आयोजना र नीलकण्ठ माविको व्यवस्थापनमा चैत्र २७ गते (भोली) देखि हुने, नगरपालिका भित्र रहेको माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नीलकण्ठ माध्यामिक विद्यालयका शिक्षक उत्तम भट्टका अनुसार भोलि बिहानबाट हुने उक्त प्रतियोगितामा छात्र तर्फ १७ वटा विद्यालय र छात्रा तर्फ ११ वटा विद्यालयको टिमले सहभागिता जनाउने छन् ।

२७ वटा सरकारी र ५ वटा गैर सरकारी गरी ३२ वटा माध्यामिक विद्यालय रहेको नीलकण्ठ नगरपालिकामा नगरपालिकाको खर्चमा नीलकण्ठ माविले गर्ने यस प्रतियोगितामा १५ वटा माध्यामिक विद्यालयहरुले सहभागिता नजनाए पछि त्यहाँ अध्ययनरत भलिबलमा रुची हुने खेलाडी विद्यार्थीहरु प्रतियोगिताबाट बन्चित बनेका छन् ।

यस्तो छ खेल तालिका