त्रिपुरासुन्दरी गाउँपालिकामा भलिबल प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २३, २०७७

धादिङ चैत्र २३ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत छात्र र छात्राको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

रेफ्रि तिलक गुरुङका अनुसार उक्त प्रतियोगितामा छात्र तर्फ सल्यानटार मावि प्रथम, रानी पौवा मावि द्वितिय र सल्यानकोट मावि तृतिय भए । यस्तै छात्रा तर्फको भलिबल प्रतियोगितामा रानीपौवा मावि प्रथम, सल्यानकोट मावि द्वितिय र चुलीदेवि मावि तृतिय भएका छन् ।

यस प्रतियोगितामा त्रिपुरासुन्दरी गाउँपालिकाका छात्रा तर्फ ६ वटा विद्यालय र छात्र तर्फ १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।