धादिङका तामाङ फिल्मका नायक यान्चु तामाङद्वारा शन्यासको घोषणा

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १८, २०७७

सन्दिप स्याम्जेन तामाङ
धादिङ चैत्र १८ ।
धादिङको खनियाबास २ झार्लाङका चर्चित तामाङ म्हेन्दोमाया तथा नेपाली पप आधुनिक गितका मोडेल एवम् तामाङ फिल्मका नायक यान्चु तामाङ (सलमान) ले कलाकारिताबाट शन्यास लिएको घोषणा गरेका छन् ।

२०६५ सालमा ूल्हाप्साङकर्पोरीू भन्ने तामाङ गितबाट अभिनय यात्रा सुरु गरेका यान्चुले तामाङ फिल्म (ल्हाप्साङ कर्पो) मा नायकको भुमिका निर्वाह गरि अभिनय सुरु गरेका थिए ।

धादिङको पहिलो तामाङ नायकका रुपमा परिचित यान्चुले तामाङ नेपाली गरेर ६० देखि ७० वटा जत्ती म्युजिक भिडियोहरुमा अभिनय गरिसकेको छन ।

२०११ मा ूमिस्टर नेपाल २०११ू को फाइनलमा पुगेर पब्लिक च्वाईस अवार्ड पनि जित्न सफल भएपछि कलाकारितामा रम्न हौसिएका यान्चु अन्तत यो पेशाबाटै सन्यास लिएका छन् ।

म एउटा पात्र मात्रै हुँ, म जस्ता अनेकौं कलाकारहरुको पीडा उहीँ हो । आफ्नै मान्छे साथीभाई अनि ठुला बडा भन्नेहरुले हेप्ने र परिश्रम गरेर त्यसको फल नपाउने भएपछि यस क्षेत्रमा भविस्य नदेखिएकोले मैले छोडेको हु बरु अन्य व्यवसाय गरेर बस्ने सुरमा छु उनी बताउँछन् ।

उनी भन्छन्, पुरानो अनि नयाँ साथी भाईहरुलाई एउटा अनुरोध छ आफ्नो काममा मेहेनत गर्नुहोस तर आफ्नो कला र गला कहिल्यै पनि सित्तैमा नबेच्नुस आफ्नो कला र गलाको थोरै भए पनि इज्जत राख्नुहोस मेरो सधैं ब्याक सपोर्ट रहने छ ।