काठमाडौं चैत्र १२ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एप्रिलको सुरुमा मङ्गल ग्रहमा हेलिकप्टर उडाउने अपेक्षा राखेको बताएको छ।
एक महिनाअगाडि मङ्गल ग्रहको सतहमा अवतरण गरेको पर्सिभिअरन्स नामक यानसँग पठाइएको १.८ किलोको सानो हेलिकप्टरको नाम इन्जुनीइटी हो।
दुईवटा रोटर भएको हेलिकप्टरले पातलो हावा भएको मङ्गलमा उड्ने प्रयास गर्ने छ। सफल भए त्यो ‘राइट दाजुभाइको जस्तो समय’ हुने नासाले बताएको छ।
ओर्भिल र विलभर राइटले सन् १९०३ मा पहिलो पटक हावाभन्दा गह्रुङ्गो विमान पृथ्वीमा उडाएका थिए। बीबीसीबाट