धादिङ, धम्बोझीद्वारा पराजित (आज सम्मको अंक स्कोर समेत)

Avatar photo
Dhadingpost
चैत्र ११, २०७७

धादिङ चैत्र ११ । नेपालगंजमा जारी अन्तरप्रदेश स्तरिय एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिता अन्तरगत आज बागमती प्रदेश विजेता धादिङको धादिङ समाज धादिङलाई लुम्बिनी प्रदेश विजेता धम्बोझी स्पोर्टस क्लवले पराजित गरेको छ । धम्बोझीले धादिङलाई २–१ को गोल अन्तरले पराजित गरेको हो ।

आज भएको अर्को खेलमा त्रिवेणी युवा क्लव लमजुङले सैनिक फुटबल क्लव झापालाई ० का विरुद्ध २ गोल गर्दै विजयी भएको थियो ।

  • स्टार सिटी युवा क्लव कैलाली, अंक-१० कैलाली (अब २ खेल खेल्न बाँकी)
  • प्रदेश नम्बर ४ को त्रिवेणी युवा क्लव लमजुङ, अंक – ९ (अब २ खेल खेल्न बाँकीं)
  • लुम्बीनी प्रदेशको धम्बोझी स्पोर्ट बाँके, अंक- ९ बाँके (अब १ खेल खेल्न बाँकी)
  • बागमती प्रदेश धादिङ समाज धादिङ, अंक -७ धादिङ (अब १ खेल खेल्न बाँकी)
  • प्रदेश नम्बर १ को सैनिक फुटबल क्लव झापा, अंक -४ (अब २ खेल खेल्न बाँकी)
  • प्रदेश नम्बर ६ को लेकाली युवा क्लव जुम्ला, अंक-१ (अब २ खेल खेल्न बाँकी)
  • प्रदेश नम्बर २ को मनकामना युवा क्लव, रौतहट अंक-१ (अब २ खेल खेल्न बाँकी)

चैतको १५ गते सम्म चल्ने यस प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग सिंगल राउण्ड रोविनका आधारमा भएको यस प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

यस अघिका समाचार