धादिङ चैत्र ११ । धादिङबाट तेक्वान्दो प्रदेशस्तरी प्रतियोगिताको लागि विभिन्न तौल समुहबाट १६ जना छनौटमा परेका छन् ।
नेपाल तेक्वान्दो संघले बैशाख ४ गते गर्न लागेको बाग्मती प्रदेश स्तरीय छनौट प्रतियोगिताको लागि नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति, धादिङले मंगलबार खेलाडी छनौंट गरेको हो ।
नेपाल तेक्वान्दो संघ, धादिङका कार्यवाहक अध्यक्ष प्रदिप गिरीका अनुसार प्रदेश स्तरीय उक्त प्रतियोगिताबाट पनि छनौंट हुन सके अन्तर प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागि हुन पाईनेछ ।
धादिङबाट प्रदेशका लागि छनौंट भएका खेलाडीहरु
छात्र तर्फ
- ४०–४३ के.जी., युयल तामाङ (बालमन्दिर तेक्वान्दो डोजाङ)
- ४३–४६ के.जी., दिल बहादुर मगर (धादिङ तेक्वान्दो डोजाङ)
- ४६–५० के.जी., धन बहादुर गुरुङ (धादिङ तेक्वान्दो डोजाङ)
- ५०–५४ के.जी., सुदिप ठकुरी (धादिङ तेक्वान्दो डोजाङ)
- ५४–५८ के.जी., हेमन तामाङ (बालमन्दिर तेक्वान्दो डोजाङ)
- ५८–६३ के.जी., आशिष गुरुङ (धादिङ तेक्वान्दो डोजाङ)
- ६३–६८ के.जी., सुप्रिम तामाङ (धादिङ तेक्वान्दो डोजाङ)
- ६८–७४ के.जी., बिकास तामाङ (NDBS तेक्वान्दो डोजाङ)
छात्रातर्फ
- ३७–४० के.जी., लक्ष्मी गुरुङ (बालमन्दिर तेक्वान्दो डोजाङ)
- ४०–४३ के.जी., आशिका तामाङ (बालमन्दिर तेक्वान्दो डोजाङ)
- ४३–४६ के.जी., प्रमिला तामाङ (धादिङ तेक्वान्दो डोजाङ)
- ४६–४९ के.जी., रेजिना बुढाथोकी (धादिङ तेक्वान्दो डोजाङ)
- ४९–५३ के.जी., डोल्मा गुरुङ (धादिङ तेक्वान्दो डोजाङ)
- ५३–५७ के.जी., प्रमिता तामाङ (किबो तेक्वान्दो डोजाङ)
- ५७–६२ के.जी., अमिशा तामाङ (बालमन्दिर तेक्वान्दो डोजाङ)
- ६२–६७ के.जी., मुस्कान तामाङ (बालमन्दिर तेक्वान्दो डोजाङ)