
धादिङ चैत्र ४ । एन्फाले आयोजना गरेको अन्तर प्रदेश स्तरीय प्रेसिडेन्ट लिग फुटबलमा बागमती प्रदेश विजेता धादिङले ६ वटा प्रदेश विजेता जिल्लाको टिम सँग प्रतिस्पर्धा गर्ने छ ।
धादिङका लागि पहिलो प्रतिस्पर्धा जुम्ला सँग भएको थियो भने धादिङका लागि दोस्रो खेल लम्जुङ बीच चैत्र ५ गते (बिहिबार) ४ बजे हुने छ ।
पहिलो खेलमा धादिङको फराकिलो जित ९ गोल सहित दुई ह्याट्रिक
धादिङका लागि पहिलो खेलमा बागमती प्रदेश विजेता धादिङले कर्णाली प्रदेश लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो । धादिङका दुई खेलाडीले ह्याट्रिकमा आफ्नो नाम लेखाए । अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । म्यान अफ द म्याच घोषित अमिरले खेलको १७, ३६, ६० र ६२ औं मिनेटमा गोल गरेका थिए । शिशिर लेखीले ६४, ७९ र ८२ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् । विपिन कडेल र उमेश राईले १-१ गोल गरेका थिए ।
लिग सिंगल राउण्ड रोविनका आधारमा हुने यस लिगमा पहिलो खेल धादिङले लेकाली युवा क्लव जुम्लालाई पराजित गरि सकेको छ भने, दोस्रो खेल चैत्र ५ गते त्रिवेणी युवा क्लव लम्जुङ सँग खेल्ने छ । यस्तै धादिङले तेस्रो खेल चैत्र ७ गते मनकामना युवा क्लव रौतहट सँग, चैत्र ९ गते स्टार सिटी क्लव कैलाली सँग, चैत्र ११ गते धम्बोझी स्पोर्ट क्लव बाँके सँग र अन्तिम खेल चैत्र १३ गते सैनिक फुटबल क्लव झापा सँग खेल्ने छ ।
१० लाख प्रथम पुरस्कार राशी रहेको यस प्रतियोगितामा टप ४ मा पर्ने टिमले डिभिजन स्तरीय प्रतियोगिताका लागि छनौट हुने छन् ।
- धादिङद्वारा जुम्ला फराकिलो गोल अन्तरले पराजित
- बागमती प्रदेशबाट प्रेसिडेन्ट खेल्ने खेलाडीलाई भिम ढुङ्गानाले २ लाख र दिपक खतिवडाले १ लाख सहयोग गर्नेे घोषणा
- धादिङ चैत्र ३ गते जुम्ला सँग भिड्दै (खेल तालिका समेत)
- धादिङ, प्रदेश च्याम्पियन बन्दै, नगद ५ लाख जित्यो
- धादिङ समाज धादिङको प्रदेश लिग च्याम्पियन यात्रा (यस्तो थियो)
यस्तो छ धादिङ टिम
कोचः दिपक राना र गोपी कृष्ण भण्डारी
टिम म्यानेजरः सरोज पाण्डे र सन्तोष थापा
निशान थापामगर
सुमन श्रेष्ठ
अशोक खवास
एकराज भण्डारी
मिनबहादुर धिमाल
अमिर श्रेष्ठ
रवि भण्डारी
राजेशभण्डारी
विजय भुजेल
आशिषराज श्रेष्ठ
विमल तामाङ
विवेक गुरुङ
मिछेन तामाङ
सुमन डंगोल
आशिष श्रेष्ठ
विपिन कडेल
रुपेश केसी
उमेश राई
अनिल तामाङ
पूर्ण लिम्बु चेक्जोङ
शिशिर लेखीले
खेल तालिका

