
धादिङ फागुन २२ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा अध्ययनरत सुस्मिता गुरुङ जिल्ला छनौंट हुँदै बागमती प्रदेश स्तरीय प्रतियोगिता जित्दै तोक्वान्दोको राष्ट्रिय प्रतियोगितामा छनौंट भएकी छिन् ।
गुरुङ, छात्रा तर्फ यु–१८ को लागि तेक्वान्दोको पुम्से विधामा राष्ट्रिय प्रतियोगिताको लागि जिल्ला हुँदै प्रदेशबाट छनौट भएकी हुन् ।
राष्ट्रिय तेक्वान्दो संघ जिल्ला हुँदै प्रदेशबाट राष्ट्रिय प्रतियोगिताको लागि खेलाडी छनौट गरेको राष्ट्रिय तेक्वान्दो संघ धादिङका अध्यक्ष अमृत तामाङले धादिङपोष्टलाई बताउनु भयो । तामाङका अनुसार राष्ट्रिय प्रतियोगिता इटहरीमा हुने छ ।