
धादिङ फागुन १९ । धादिङमा सर्वाधिक पुरस्कार राशीको ७ औं मान बहादुर मेमोरियल कप खुल्ला पुरुष फुटबल प्रतियोगिता सेमीफाईनल प्रवेष गरेको छ ।
सेमीफाईनल प्रवेस गर्ने टिमहरु सुर्योदय युवा क्लव, विद्यार्थी उपकार संघ A, सिरानचोक युवा क्लव नुवाकोट र जनआवाज युवा क्लव माने रहेका छन् ।
बुधबार सम्पन्न क्वाटर फाईनलको पहिलो खेल धादिङ फुटबल क्लव धादिङबेसी र सुर्योदय युवा क्लव बीच भएको थियो । अत्यन्त प्रतिस्पर्धात्मक भएको यो खेलमा निर्धारित ९० मिनेटमा दुबै टिमले २–२ गोल गरे पछि भएको पेनाल्टीमा सुर्योदय सेमीफाईनल प्रवेस गरेको छ ।
यस्तै आज भएको दोस्रो खेल विद्यार्थी उपकार संघ A र निग्लानी युवा क्लव नुवाकोट बीच भएको थियो यो खेलमा विद्यार्थी उपकार संघ A २–० ले हराउँदै सेमीफाईनल प्रवेस गरेको छ ।
आजै भएको तेस्रो खेल सिरानचोक युवा क्लव नुवाकोट र जुरेथुम युवा क्लव बीच भएको थियो । यस खेलमा सिरानचोक युवा क्लव नुवाकोटले ३–१ को गोल अन्तरले सेमीफाईनल प्रवेस गरेको थियो ।
आजको अन्तिम खेल विद्यार्थी उपकार संघ र जनआवाज युवा क्लव माने बीच भएको थियो यस खेलमा जनआवाज युवा क्लव माने ७–३ गोलको अन्तरले सेमिफाईनल प्रवेस गरेको छ ।
२४ टिमले भाग लिएको यस प्रतियोगितामा पुरस्कार राशी पहिलो १ लाख २० हजार, दोस्रो ६० हजार र सान्तोना दुई टिमलाई २०-२० हजार नगद प्रदान गरिने आयोजक संस्थाका सुरेश तामाङले जानकारी दिनु भयो ।
फागुन १४ गतेबाट नीलकण्ठ नगरपालिका १४ स्थित धुवाकोट पात्लेमा जारी उक्त सार्वाधिक पुरस्कार राशीको ७ औं मान बहादुर मेमोरियल कप प्रतियोगिताको फाईनल खेल फागुन २१ गते हुने विदार्थी उपकार संघ पात्लेले जनाएको छ ।
यस्तो छ सेमिफाईनल खेल तालिका
फागुन २० गते दिनको १२ बजे पहिलो खेल
- विद्यार्थी उपकार संघ Vs सुर्योदय युवा क्लव
फागुन २० गते दिनको ३ बजे दास्रो खेल
- सिरानचोक युवा क्लव नुवाकोट Vs जनआवाज युवा क्लव माने
