
धादिङ फागुन १९ । धादिङमा सर्वाधिक पुरस्कार राशीको ७ औं मान बहादुर
मेमोरियल कप खुल्ला पुरुष फुटबल प्रतियोगिता आजबाट क्वाटर फाईनल प्रवेष गरेको छ ।
फागुन १४ गतेबाट नीलकण्ठ नगरपालिका १४ स्थित धुवाकोट पात्लेमा जारी उक्त सार्वाधिक पुरस्कार राशीको ७ औं मान बहादुर मेमोरियल कप प्रतियोगिताको फाईनल खेल फागुन २१ गते हुने विदार्थी उपकार संघ पात्लेले जनाएको छ ।
२४ टिमले भाग लिएको यस प्रतियोगितामा पुरस्कार राशी पहिलो १ लाख २० हजार, दोस्रो ६० हजार र सान्तोना दुई टिमलाई २०-२० हजार नगद प्रदान गरिने आयोजक संस्थाका सुरेश तामाङले जनानकारी दिनु भयो ।
यी हुन् फागुन १९ गते क्वाटफाईनल खेल्ने टिमहरु
पहिलो खेल बिहान ९ बजे
- DFC धादिङ Vs सुर्योदय युवा क्लव
दोस्रो खेल बिहान ११ बजे
- विद्यार्थी उपकार संघ A Vs निग्लानी युवा क्लव नुवाकोट
तेस्रो खेल दिउँसो १ बजे
- सिरानचोक युवा क्लव नुवाकोट Vs जुरेथुम युवा क्लव
चौथो खेल दिउँसो ३ बजे
- विद्यार्थी उपकार संघ B Vs जनआवाज युवा क्लव