
नेपाली कांग्रेसले सरकार गठन गर्ने कि नगर्ने भन्ने बिषय नेकपाको आधिकारिक विभाजनले निर्धारण गर्नेछ । अबका केही दिन मित्र राष्ट्र चीनका राजदूत र आवश्यक परे चीनिया Especial Envoy को टिम पनि नेपाल आउन सक्नेछन् ।
दुई खेमामा विभाजित प्रतिनिधि सभा सदस्यहरुलाई एक अर्काको खेमामा आकर्षित गर्ने प्रयासहरु पनि निरन्तर हुनेछन् । यसका लागि सांसदहरुमा Dollar Diplomacy को प्रयोग पनि हुन सक्नेछन् ।
कतिपयलाई पद र प्रतिष्ठाका आश्वासनहरु दिने लिने कामहरु पनि हुनेछन् । अहिले कै रुपमा ध्रुविकृत सांसदहरू यथावत रहेको खण्डमा र आधिकारिक रुपमा विभाजित भएमा प्रधानमन्त्री के पी शर्मा ओलीका विरुद्ध दाहाल नेपाल खेमाले अविश्वासको प्रस्ताव संसदमा पेश गर्न सक्नेछन् ।
त्यतिबेला नेपाली कांग्रेसले अविश्वासको प्रस्तावको पक्षमा मत दिएमा प्रधानमन्त्री ओली पदमुक्त हुनेछन् । यसरी मतदान गर्ने अवस्था आउनका लागि मतदान पूर्व नै नेपाली कांग्रेस र दाहाल नेपाल खेमा बीच बाँकी २ बर्षका लागि एयधभच क्जबचष्लन र राजनीतिक सहमति भई सकेको हुनुपर्ने छ ।
यदि प्रधानमन्त्री ओली संग नेपाली कांग्रेसको राजनीतिक सहमति भएको खण्डमा अविश्वासको प्रस्तावको सामना गर्नु पूर्व नै प्रधानमन्त्रीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नु हुनेछ र नेपाली कांग्रेसको नेतृत्वमा ओली खेमा संग मिलिजुली सरकार गठन प्रक्रिया अघि बढ्न सक्नेछ ।
नेकपा आधिकारिक रुपमा विभाजित भएमा र नेपाली कांग्रेस निरपेक्ष बसेको खण्डमा अविश्वासको प्रस्ताव पारित हुन सक्ने छैन । अविश्वासको प्रस्ताव पारित गर्न प्रतिनिधि सभाको १३८ मत पुर्याउन दाहाल नेपाल समुह असमर्थ भएको अवस्थामा प्रधानमन्त्री ओली अल्पमतमा पर्ने छन् र अविश्वासको प्रस्ताव पनि पारित हुने छैन ।
यस्तो अवस्थामा नयाँ सरकार गठन हुन सक्ने अवस्था पनि रहने छैन र प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधि सभा विघटनको सिफारिस गर्नेछन् । वैकल्पिक सरकार गठन हुन नसक्ने अवस्थाको विघटन सिफारिस संविधान सम्मत हुनेछ । अहिले नै नेकपाको आधिकारिक विभाजन पूर्व प्रधानमन्त्रीको राजिनामा आउने सम्भावना देखिँदैन र त्यो आत्मघाती कदम ओलीले चाल्नु हुने छैन ।
नेकपाको आधिकारिक विभाजन भएको खण्डमा आफ्नो नेतृत्वमा सरकार गठन तर्फ कसरत गर्ने कि निरपेक्ष बसी प्रधानमन्त्री ओलीलाई संवैधानिक रुपमा संसद विघटन गर्ने अवस्था सृजना गर्न सहज बनाई दिने भन्ने बिषय नेपाली कांग्रेसमा निहित रहनेछ ।
यस किसिमको अवस्था विद्यमान रहँदा सम्म अहिले नै हल्काफुल्का टिप्पणी गर्नु भने वाञ्छनीय देखिँदैन । (लेखकः रुवाली नेपाली काँग्रेस धादिङका नेता हुनुहुन्छ ।)