
धादिङ फागुन १२ । धादिङको गंगा जमुना गाउँपालिकाका स्थानीयहरुले सुशासन र भष्ट्रचार विरुद्ध कार्यालयमा लगाएको ताला ३ बुँदे निर्णय सँगै खुलेको छ ।
गाउँपालिकामा भएको भ्रष्टाचार छानबीनका लागि गाउँपालिकाकै कर्मचारीको नेतृत्वमा छानबीन समिति बनेपछि आक्रोशित स्थानियबासीले छानबीन समिति नै चित्त बुझ्दो नभएको भन्दै एक साता अघि अनिश्चितकालिन तालाबन्दी गरेका थिए ।
यसै गाउँपालिकाका इन्जिनियर पुजा कार्की र लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा अख्तियारको छानविनमा छन् । वन्जु कान्सट्रशन प्रतिनीधि सँग ९७ हजार घुस लिँदा लिँदै अख्तियारले फागुन ४ गते पक्राउ ।
के थियो माग सम्बोधन गर्ने गाउँ पालिकाको ३ बुँदे निर्णय ? जसले अनिश्चितकालिन तालाबन्दी खुल्यो
१. कृषि तथा पशुशाखामा कार्यरत कर्मचारी रविन्द्र थापा सुयल र पारस अधिकारीले कृषि तथा भेटेनरी औजारहरु किन्ने क्रममा र अन्य विषयमा समेत अनियमिता गरेको भन्ने गाउँपालिकामा उजुरी परेको र सोही विषयमा माथिल्लो निकायमा समेत उजुरी परेको भन्ने सुनिएको हुँदा निजहरुलाई कानुनी कार्वाही हुने नै हुँदा यदि माथिल्लो निकायले कानुनी कार्वाही नगरेमा गाउँपालिकाले कानुन अनुसार छानबिन गरि निजहरुले गरेको अनियमिताको असुल उपर गरी निजहरुलाई हाल यस गाउँपालिकाबाट भएको सेवा करारभङ्ग गरी वर्खास्त गर्ने ।
२. यस गाउँपालिकाबाट सम्पादित आर्थिक वर्ष ०७६र०७७ का भुक्तानी भएका लेखा परिक्षण हुन बाँकी सम्पूर्ण फाइलहरु माथिल्लो निकायमा उजुरी परेको भन्ने कुरा सुनिएको हुँदा ती सम्पूर्ण फाईलहरु कानुन बमोजिम अख्तियार प्राप्त माथिल्लो निकायबाट छानबिन नहुँदा सम्म लेखा शाखामा भएका सम्पूर्ण कागजातहरु सहितको फाईलहरु रहेको दराज उजुरी परेका माथिल्लो निकाय बाहेकले खोल्न नपाउने । यदि खोल्नु परेमा कानुन बमोजिम गाउँपालिको अख्तियारी प्राप्त ५ जना कार्यदलका सदस्यहरुको रोहवर राखी खोल्ने ।
३. यस गाउँपालिकाबाट सम्पादन भएका सार्वजनिक सरोकारको विषयभित्र पर्ने सम्पूर्ण काम कार्वाहीको सूचना सूचनाको हक अनुसार कोही कसैले माग गरे गाउँपालिकाले तोकेको सुचना अधिकाी मार्फत लिन सकिने ।