धादिङ फागुन ४ । धादिङको गंगा जमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की लाई ९७ हजार घुस सहित अख्तियारले समाएको छ ।
किचेत सडक निमार्ण गर्ने वन्जु कान्सट्रशन प्रतिनीधि सँग उक्त रकम घुस लिँदै गर्दा पक्राउ परेको स्थानीयहरुले जनाएका छन् ।
तथापी गंगाजमुना गाउँपालिकाका सूचना प्रविधि अधिकृत हेमन्त ढकालले सामाजिक संजालहरुमा घुस सहित पक्राउ परेको जानकारी आफुले थाहा पाएको तर इन्जिनियर पूजा कार्की गाउँपालिका मा नै रहेको बताए ।