धादिङ क्रिकेट अपडेटः आज हुने सेमिफाईनल खेलहरु

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ९, २०७७

धादिङ फागुन ९ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय माविको खेल मैदानमा शुक्रबार देखि सुरु भएको जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको सेमी फाईनल खेलहरु आज हुँदैछ ।

धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठनले आयोजना गरेको यस प्रतियोगिताको रन रेटको आधारमा खेलाईएको सेमिफाईनल खेल अन्तरगत पहिलो खेल धादिङ समाज धादिङ धादिङबेसी नीलकण्ठ र बैरेनी क्रिकेट क्लव गल्छी बीच बिहान ८ बजेबाट सुरु हुनेछ ।

दास्रो सेमि फाइनल खेल बिहान ११ बजेबाट त्रिपुरासुन्दररी क्रिकेट टिम र मलेखु क्रिकेट टिम बीच हुने छ भने तेस्रो सेमिफाईनल खेल धादिङ समाज धादिङ धादिङबेसी नीलकण्ठ र बैरेनी क्रिकेट क्लव गल्छी बीचको बिजेता टिम सँग विशालज्योती युवा क्लव बीच हुनेछ ।

अहिले सम्मको खेल अपडेट

पहिलो दिन फागुन ७ गते
धुनीबेसी क्रिकेट टिम र बैरैनी क्रिकेट टिम बीच भएको उद्घाटन खेलमा बैरेनीले दिएको १२८ रनको टारगेट धुनीबेसी टिमले ११ रन हारेको थियो । यस खेलमा बैरेनीका विश्वास पौडेल प्लेयर आफ द म्याच घोषित भएका थिए ।

यस्तै दोस्रो खेल त्रिपुरासुन्दरी क्रिकेट टिम र साँङ्कोष क्रिकेट क्लव बीच भएको थियो । यो खेलमा साँङ्कोषले दिएको ८८ रनको टारगेट त्रिपुरासुन्दरीले १० ओभर मै पुरा गर्दै विजयी भएको थियो । यस खेलमा त्रिपुरासुन्दरीका श्रीकृष्ण उपाध्यायय प्लेयर आफ द म्याच घोषित भएका थिए ।

दोस्रो दिन फागुन ८ गते
दोस्रो दिनको पहिलो खेल
विशाल ज्योती क्लव बेनीघाट रोराङ र गणेश हिमाल क्रिकेट टिम नीलकण्ठ बीच भएको थियो यस प्रतियोगितामा ४४ रनको लक्ष्य सजिलै पुरा गरि विशाल ज्योती विजयी भएको थियो ।

दोस्रो दिनको दोस्रो खेल
गजुरी क्रिकेट टिम गजुरी र धादिङ समाज धादिङ, क्रिकेट टिम धादिङबेसीको बीच दास्रो खेल भएको थियो । यस खेलमा धादिङबेसीले दिएको ११९ रनको लक्ष्य पक्ष्याएको गजुरी १०७ रनमा समित हुँदा धादिङ समाज धादिङ विजयी बन्यो ।

दोस्रो दिनको तेस्रो खेल
मलेखु क्रिकेट क्लव बेनीघाट रोराङ र कारु मेमोरियल ट्रष्ट बेनीघाट रोराङ बीच तेस्रो खेल भएको थियो । यस खेलमा बेनीघाटले दिएको ७३ रनको लक्ष्य पुरा गर्दै मलेखुले ७ विकेटले विजयी भएको थियो । काठमाडौं जिल्लाबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि छनौटमा परेका कौशल रुपाखेतीले बेनीघाटबाट खेलेका थिए ।

फाईनल खेल फागुन १० गते हुने….

यस्तो छ पुरस्कार राशी
प्रथम पुरस्कार: रु.२५,०००
दितिय पुरस्कार: रु.१५,०००, शिल्ड, मेडल, प्रमाण पत्र
तृतिय पुरस्कार: मेडल, प्रमाण पत्र
उत्कृष्ट बलर: रु.५,०००, प्रशंसा पत्र
उत्कृष्ट ब्यट्स मेन: रु.५,००० प्रशंसा पत्र
खेल अवधिभरकाेे उत्कृष्ट खेलाडी: रु.५,०००, प्रशंसा पत्र