
धादिङ फागुन ३ । धादिङ जिल्ला स्तरीय T-20 क्रिकेट प्रतियोगिता यहि फागुन ७ गते देखि सुरु हुने भएको छ ।
धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठनको आयोजनामा बेनीघाट रोराङ स्थित चन्द्रोदय माविको खेल मैदानमा हुने यस प्रतियोगितामा १० टिम सहभागि हुने दिपेश कडेलले बताउनु भयो ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजित यस प्रतियोगिताबाट छनौटमा पर्न सफल खेलाडीलाई चितवन क्यान सँग छलफल गरि चितवन र धादिङ बीच गौतम बुद्ध रंगशालामा मैत्रिपुर्ण खेल खेलाउने तयारी रहेको समेत कडेलले बताउनु भयो ।
यस्तो छ पुरस्कार राशी
प्रथम पुरस्कार: रु.२५,०००
दितिय पुरस्कार: रु.१५,०००, शिल्ड, मेडल, प्रमाण पत्र
तृतिय पुरस्कार: मेडल, प्रमाण पत्र
उत्कृष्ट बलर: रु.५,०००, प्रशंसा पत्र
उत्कृष्ट ब्यट्स मेन: रु.५,००० प्रशंसा पत्र
खेल अवधिभरकाेे उत्कृृृृष्ठ खेलाडी: रु.५,०००, प्रशंसा पत्र
यी हुन् ? प्रतियोगितामा भाग लिने १० टिम
- Benighat Cricket Team
- Bishaltar Cricket Team
- Malekhu Cricket Team
- Gajuri Cricket Team
- Naubise Cricket Team
- Tripurasundari Cricket Team
- Sankosh Sangkosh Cricket Club
- Ganesh Himal Cricket Team
- Dhading Samaj Cricket Team
- Baireni Cricket Team