धादिङबाट १५ जना यु–१३ फुटबल खेलाडी छनौट (नाम समेत)

Avatar photo
Dhadingpost
माघ २४, २०७७

धादिङ माघ २४ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ मसान्त भित्र छनौंट प्रतियोगिता गर्न निर्देशन दिए अनुसार जिल्ला फुटबल संघ धादिङले १५ जना १३ वर्ष मुनिका फुटबल खेलाडी छनौट गरेको छ ।

गजुरी गाउँपालिका स्थित गलौदी खेल मैदानमा प्रतियोगिता गरि एन्फाका धादिङ प्रशिक्षक दिपक रानाले उत्कृष्ट १४ जना खेलाडीलाई प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट गर्नुभएको हो ।

जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापाका अनुसार आज छनौट भएका १४ खेलाडीहरुले प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा समेत पुग्ने अवसर प्राप्त गरेका छन् भने राम्रो प्रदर्शन गर्ने खेलाडीहरु नेपाल आर्मी, शसस्त्र प्रहरी र नेपाल पुलिस लगायत अन्य फुटबल क्लवले संचालन गरेका एकेडेमीमा पर्नेछन ।

यी हुन् धादिङ जिल्लाबाट छनौट भएका १४ जना खेलाडीहरु
१. सुदिप तामाङ
२. हिमाल गुरुङ
३. पावल तामाङ
४. सुवास विक
५. महेश तामाङ
६. इश्वर तामाङ
७. समिर लामा
८. शिरिर जिसी
९. इशान तामाङ
१०. अरुण तामाङ
११. निकोश तामाङ
१२. दिपेन तामाङ
१३. विवेक तामाङ
१४. विराट तामाङ
१५. अमिर लामा