छोरा र छोरी भेदभाव होईन, समान ठान्ने गरौं

Avatar photo
Dhadingpost
सोमवार, माघ १९, २०७७

यो धर्तीमा जन्म लियौं, छोरीको जातमा
अधिकार चाहि केहि पनि छैन, हाम्रो हातमा ।
गर्भैदेखि छोराछोरी भेदभाव हुन थाल्छ
छोरी भए भ्रुण हत्या गर्ने सुर हुन्छ ।
छोरा जन्मे परिवारमा हर्ष खुशी छाउँछ
छोरी जन्मे सबको मनमा कोलो वादल आउँछ ।
छोरालाई मिठोमिठो, राम्रो राम्रो दिने
छोरीलाई भ्याए खुवाउने नभ्याए नदिने ।
शिक्षा दिक्षा दिलाउन त्यस्तै भेदभाव हुन्छ
छोरीलाई घाँस दाउरा छोरा स्कुल जान्छ ।
छोरालाई जता जाउ स्वतन्त्र हुन्छ
छोरीलाई बोल्न पनि बुद्धि लाउनुपर्छ ।
हिड्न, बोल्न छोरीलाई बन्देज लगाईन्छ
छोरालाई यी कुरामा उत्प्रेरणा दिईन्छ ।
नारी पुरुष एकै रथका दुई पाङ्ग्रा ठानी
दुबैलाई समान ठान्दा हुँदैन केही हानी ।
उठ नारी जाग नारी अब सुत्नु हुन्न
अधिकारलिनलाई हामी चुक्नु हुन्न ।
पुरुष प्रधान समाजले सँधै भेदभाव गर्छ
हामी नारी एकजुट भै यो हटाउनु पर्छ ।
पुरुष मात्र मान्छे ठान्ने यो समाजको रित
महिला नभै चल्दैन हैं समाजको राम्रो सित ।
छोरीलेनी छोरा जस्तै गर्छिन राम्रो काम
समाज अनि देशको सँधै चम्काउने छिन नाम ।
बाउ आमालाई छारीले नै धेरी मायाँ गर्छिन
बृद्ध बृद्धा भएपछि टेक्ने लठ्ठी बन्छिन् ।
भृकुटी र सीता पनि नेपालकै छोरी
पासाङ ल्हामुशेर्पा थिईन् हिउँ जस्तै गोरी ।
त्यसैले त सबै मिलि राम्रो सन्देश छरौं
छोरा/छोरी भेदभाव होईन समान ठान्ने गरौं ।