केशरी पन्त पुनः अध्यक्षमा निर्वाचित

Avatar photo
Dhadingpost
आइतवार, माघ ११, २०७७

धादिङ माघ ११ । शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको अध्यक्ष पदमा पुनः केशरी प्रसाद पन्त निर्वाचित हुनुभएको छ ।

धादिङबेसीमा शनिबार सम्पन्न १० औं वार्षिक साधारण सभा तथा चौंथो अधिवेसनबाट पन्त पुन: अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

चौंथो अधिवेसनबाट निर्वाचित १३ सदस्यीय कार्यसमितिको उपाध्यक्ष श्याम प्रसाद न्यौपाने, सचिवमा शिव प्रसाद रिजाल, सह-सचिव प्रयास रेग्मी र कोषाध्यक्षमा ईन्द्र बहादुर श्रेष्ठ चयन हुनुभएको छ ।

यस्तै निर्वाचित सदस्यहरुमा सम्झना ढुङ्गाना, दिनेश लुईटेल, विष्णु प्रसाद रिजाल, भेषराज नेपाल, विनोद श्रेष्ठ, केदार पौडेल, बहादुर विक रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेशका सचिवालय सदस्य रामबहादुर भण्डारीले पुष ५ गते प्रधान मन्त्रीले संविधान विपरित संसाद विघटनको गरि संवैधानिक कु गरेको हुँदा संविधान रक्षाको लागि सम्पूर्ण शिक्षकहरु आन्दोलनमा आउन निर्देशन दिनु भएको थियो ।