एड्भान्सलाई हराउँदै घर पुग्यो खाल्टेको महिला भलिबल टिम

Avatar photo
Dhadingpost
पुस १७, २०७७

धादिङबेसी पुस १७ । धादिङको नीलकण्ठ नगरपालिका स्थित खाल्टेको कालिका आधारभुत विद्यालय छात्रा भलिबल खेलमा विगत केहि वर्ष देखि चर्चामा रहँदै आएको छ ।

यस्तै नगर कप, प्याब्सन कप, जित्दै आएको एड्भान्स एकेडेमी छात्र र छात्रा दुबै भलिबलमा उत्कृष्ट सावित हुँदै आएको छ ।

बुधबार गोरखा बगुवामा भएको खुल्ला महिला भलिबल प्रतियोगिताको फाइनल जितेर फर्किएको कालिका आधारभुत विद्यालयमा अध्ययन गरेका एक्टिभ खाल्टे स्पोर्ट विद्यार्थीका खेल शिक्षक सन्दिप थापा मगरले एड्भान्स एकेडेमीलाई हामी घर फर्कदै छौं एक पटक मैत्रिपूर्ण छात्रा भलिबल खेलाउ भन्ने प्रस्ताव गरे सँगै एड्भान्सले पनि सहमति जनायो र बिहिबार ३ बजे मैत्रिपूर्ण खेल भएको थियो ।

खेल हामीले जित्यौ । हाम्रा खेलाडी थाकेका थिए । एड्भान्सका विद्यार्थीहरु पनि विना तयारी पढ्दै गर्दा कक्षा कोठाबाट बोलाएर खेलाईएको थियो जित कस्को भन्दा नी खेलाडीहरुको घुलमिल र अनुभव साटासाटको लागि मैत्रिपूर्ण खेल गराईएको कालिका आधारभुत विद्यालय शिक्षक थापामगरले धादिङपोष्टलाई बताउनु भयो ।