ओली सिद्धिए, प्रतिगमन विरुद्ध सडक संघर्ष अनिवार्य -मल्ल

Avatar photo
Dhadingpost
सोमवार, पुस १३, २०७७

धादिङ पुस १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य पुष्प विक्रम मल्लले प्रधानमन्त्री केपी ओली आफै सिद्धए तर उनले चालेको प्रतिगमन विरुद्ध सडक संघर्ष अनिवार्य रहेको बताउनु भएको छ ।

सिद्धलेक गाउँपालिका स्थित परेवाटारमा आयोजित जनयुद्धका सहिद नारायण प्रसाद उपाध्यायको २२ औं स्मृति दिवसलाई सम्बोधन गर्दै नेता मल्लले प्रतिनीधि सभा पुनर स्थापनाको लागि सडक संघर्षमा होमिन कार्यकर्तालाई निर्देशन दिनु भएको हो ।

सहिद उपाध्याय सहित ७ जनालाई तात्कालिन शाही सेनाले ०५५ साल पुस १३ गोरखाको कोराबारीमा हत्या गरेको थियो । जनक्रान्तिका सहिद तथा वेपत्ता परिवार समाजका अध्यक्ष रामबहादुर भण्डारीको सभापतित्वमा भएको उक्त स्मृति दिवस कार्यक्रममा नेकपा जिल्ला सदस्य कृष्ण अर्याल, विवेक थपलिया, हरि अधिकारी आशिष, नेकपा सिद्धलेकका अध्यक्ष खुजराज थापा, महिला नेतृ सविता अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

यो पनि पढौं
धादिङका प्रथम सहिद नारायण उपाध्यायको जिवनी