
धादिङबेसी पुस ११ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा मैत्रिपूर्ण छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
एड्भान्स एकेडेमीले आयोजना गरेको उक्त मैत्रिपूर्ण भलिबल प्रतियोगितामा गल्छी गाउँपालिका गल्छीमा रहेको द राइजिङ भिलेज स्कुल र बागेश्वरी माविबाट मिलेर सहभागिता जनाएको छात्रा टिम र एड्भान्स एकेडेमीको छात्रा टिम सहभागि थिए ।
निकै प्रतिपर्धा भएको उक्त खेलमा एड्भान्स एकेडेमीको छात्रा टिमले गल्छी स्थित द राइजिङ भिलेज स्कुल र बागेश्वरी माविबाट मिलेर सहभागिता जनाएको छात्रा टिमलाई पराजित गरेको थियो ।
प्रतियोगितामा सहभागि दुबै टिमलाई आयोजक एड्भान्स एकेडेमिले मेडल र प्रमाण पत्र प्रदान गरेको थियो ।