
धादिङ पुस ७ । धादिङको खनियाबास गाउँपालिका ३ सिङ्गङमा खुल्ला अन्तर क्लव स्तरिय भलिबल प्रतियोगिता सुरुभएको छ ।
कोरोना भाईरसको महामारिले रोकिएको खेल क्षेत्र धादिङ अब विस्तारै सुरु हुन थालेको यस प्रतियोगोगिताबाट आभास गर्न सकिन्छ । स्थानीय सेर्का तामाङद्वारा सोमबार उद्घाटन गरिएको उक्त अन्तर क्लव स्तरिय भलिबल प्रतियोगितामा खनियाबास, नेत्रावती डब्जोङ, गंगाजमुना, रुबीभ्याली, नुवाकोटबाट २० टिम सहभागि रहेका छन् ।
सिङ्गङ एकता समाजले आयोजना गरेको यस प्रतियोगिताको उद्घाटन खेल सिङगङ एकता समाज बी र सदाबहार युथ क्लव बीच भएको र यो खेलमा आयोजक बी ले हारेको आयोजक सिङ्गङ एकता समाजका ग्याबा तामाङले धादिङपोष्टलाई बताउनु भयो ।
पुस १० गते सम्म सिङ्गङ खेल मैदानमा चल्ने यस प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार नगद, कप, मेडल र प्रमाण-पत्र, द्वितिय पुरस्कार २८ हजार नगद, कप, मेडल र प्रमाण-पत्र, तृतिय पुस्कार १५ हजार नगद, कप, मेडल र प्रमाण-पत्र रहेको छ ।
सहभागि टिमहरु
